नियम
सम्पर्क अधिकृत खटाउने

(१) ऐनको दफा २० बमोजिम सम्पर्क अधिकृत खटाउँदा नेपाल सरकारले देहायका व्यक्तिलाई खटाउन सक्नेछ ः–
(क) निजामती सेवाका राजपत्रअनङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो श्रेणीको कर्मचारी,
तर्‌ उपनियम: (१) को खण्ड (ग) बमोजिमको व्यक्तिको हकमा पर्वतारोहण सम्बन्धी आधारभूत प्रशिक्षण आवश्यक पर्ने छैन।

(ख) निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत,
(ग) सगरमाथा हिमालचुलीको सफल आरोहण गरेका नेपाली आरोहीहरुमध्ये मन्त्रालयले तोकेको आरोहण सम्वन्धी संस्थाले सिफारिस गरेको आरोही ।
(२) उपनियम (१) बमोजिम सम्पर्क अधिकृत खटाउँदा देहायका शर्त पूरा गरेको हुनु पर्नेछ :
(क) पर्वतारोहण सम्बन्धी स्वीकृत आधारभूत प्रशिक्षण प्राप्त गरेको,
(ख) कम्तीमा स्नातकोपाधि हासिल गरेको,
तर उपनियम (१) को खण्ड (ग) बमोजिमको आरोहीका हकमा साधारण लेखपढ गर्न जान्ने,
(ग) सम्बन्धित हिमालचुलीको आधार शिविरसम्म जान शारीरिक रुपमा योग्य रहेको भनी नेपाल सरकारबाट मान्यता प्राप्त
चिकित्सकले प्रमाणित गरेको, र

(घ) पर्वतारोही दलसँग बार्तालाप गर्न सक्ने अंग्रेजी भाषाको ज्ञान भएको सम्बन्धमा मान्यता प्राप्त संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको ।